भन्सार छलेर ल्याइएका ४५ थान मोबाइलसहित २ जना पक्राउ
२०७९ भदौ १३ गते

काठमाडौँ । भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका विभिन्न कम्पनीका ४५ थान मोबाइलसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट पञ्चकन्या गाउँपालिका ४ घर भई काठमाडौँ गोलढुङ्गा बस्ने २७ वर्षीय प्रकाश थापा र ओखलढुङ्गा लिखु गाउँपालिका १ घर भई काठमाडौँ बोराकार बस्ने २६ वर्षीय सैलेश कार्की रहेका छन् ।
विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका १६ बालाजु बाइसधारास्थित प्रकाश थापाको एसयूटी पुट टेक्नोलोजी प्रालिमा तलासी गर्दा उक्त मोबाइलहरू फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौँमा पठाइएको छ ।
२०७९ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








