उपमेयर पराजित रामेश्वर श्रेष्ठ प्रदेशसभामा उठ्ने

काठमाडौंँ । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा पराजित नेकपा एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठ आसन्न प्रदेश सभाको निर्वाचनमा उठ्ने भएका छन्।

गत स्थानीय तहको निर्वाचनमा मत बदर भएर आफू पराजित भएको बताउँदै आएका क्षेष्ठ प्रदेश सभातर्फ काठमाडौं क्षेत्र नम्बर ९ क मा चुनाव लड्ने बताए ।

उनले मकालुखबरसँग कुरा गर्दै भने, ‘ स्थानीय तहको निर्वाचनमा गठबन्धनको मत बदर भएर म पारजित भएको हुँ । म प्रदेशसभामा उढ्दै छु । र जित्छु पनि क्षेत्र नम्बर ९ मा मेरो र पार्टीको वनमत राम्रो छ ।’

गत स्थानीय तहको निर्वाचनमा उनी उपमेयर पदमा काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलसँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =