कुशे औँसी : गोकर्णेश्वर मेलामा भीड बढेपछि सवारी डाइभर्सन
२०७९ भदौ ११ गते

काठमाडौँ । आज कुशे औँसी, अर्थात् बुबाको मुख हेर्ने दिन । काठमाडौँको गोकर्णेश्वरमा ठूलो मेला लागेको छ ।
मेलाका कारण त्यस क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । ट्राफिक प्रहरीकाअनुसार चुच्चेपाटीबाट महाकाल आरुवारी हुँदै गोकर्ण जाने मार्गमा सवारी निषेध गरिएको छ ।
जोरपाटी र नारायाणटार पुलबाट गोकर्ण जाने मार्गमा ०७ः४५ बजेसम्म साना सवारी चल्न दिइएकोमा भिडभाड बढेपछि साना सवारीसाधन पनि डाइभर्सन सुरु गरिएको प्रहरीले जनाएको छ । त्यस्तै सुन्दरी जल उत्तरतर्फबाट आउने सवारीसाधनलाई गोकर्णेश्वर देखि २०० मिटर उत्तरतर्फ माईती नेपाल चोकको माइक्रो पार्कसम्म आउन दिएको र त्यहीबाट घुमेर फर्काइएको छ ।
जोरपाटी-सुन्दरीजल वैकल्पिक मार्गको लागि जोरपाटी-दक्षिण ढोका-थली-दाँक्षी-बिपी चोक हुँदै सुन्दरीजल जान आउन दिइएको छ ।
२०७९ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित








