मुक्तिनाथ विकास बैंकको ‘तीज विशेष अफर’, बैंक खाता खोल्दा १ लाखसम्मको बीमा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने महिलाले पाउनेछन् । रु १ लाख सम्मको चिकित्सासम्बन्धी बीमा, निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), नि:शुल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र ट्रान्क्वालिटी स्पाको सेवामा ५० प्रतिशतसम्म छुट भदौ महिनाका लागि दिइने बैंकले जनाएको छ ।

यो योजनोले नारीहरुको सम्मान गर्दै फाइदा पुर्याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =