ग्लोकल टिन हिरोमा डिसहोमको पार्टरसिप
२०७९ भदौ ८ गते

काठमाडाैँ । ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ । नेपालभरका किशोरकिशोरीले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न याे कार्यक्रम आयोजना गरिँदै आएकाे छ ।
नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका छन् ।
सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रममार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिने जनाइएको छ ।
प्रतिस्पर्धामा आशिष शाह, विमर्ष पौडेल, दर्शना रिजाल, निश्चल सिंह विष्ट, राहुल रञ्जन शाह र सृजना गौतम रहेका छन् ।
२०७९ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित









