धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट (हेर्नुहोस् नतिजा)

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा लघुवित्तको शेयर बाँडफाँट भएको हो ।

लघुवित्तले साउन २४ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको थियो ।

लघुवित्तले निष्काशन गरेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो । सोही शेयर यस दिन बाँडफाँट गरिएको थियो।

सो आईपीओमा परेको कुल आवेदनमध्ये १८ लाख ६४ हजार ६४० आवेदन स्वीकृत भएको छ भने १ हजार २८६ आवेदन अस्वीकृत भएको छ।

माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको हो । स्वीकृत आवेदनमध्ये ३० हजार ९२९ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । सोमध्ये पनि भाग्यमानी ५ जनाले थप १ कित्ता अर्थात ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् । https://iporesult.cdsc.com.np/ मा क्लिक गरेर नतिजा हेर्न सकिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 1 =