नक्सा पास भएन भने अदालतमा पनि डाेजर चल्छ : मेयर शाह

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अवैधानिक संरचना भत्काएरै छाेड्ने बताएका छन् ।

बुधवार न्यूराेडमा रहेकाे आरबी कम्प्लेक्समा बनेका अवैध संरचना भत्काउने पुगेका शाहले महानगरभित्र बनेका सबै अनधिकृत संरचना हटाउने बताएका हुन् ।

सबैलाई समान रूपमा कानुन लाग्ने उल्लेख गर्दै उनले नक्सा पास नगरी बनाएको पाइए काठमाडौँ जिल्ला अदालतले समेत त्यस्ता संरचना भत्काउने उनले बताए । उनले भने, ‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने भन्ने हुँदैन, सबैलाई बराबर हुन्छ। हामीले जिल्ला अदालतलाई समय दिएका छौँ। जिल्ला अदालतको नक्सा पास छैन, उहाँहरूको पनि नक्सा पास भएन भने त्यहाँ पनि त्यही हुन्छ (डोजर चल्छ) ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =