काठमाडाैँ महानगरविरुद्ध फुटपाथ व्यापारीकाे प्रदर्शन (तस्वीरसहित)

काठमाडौँ । फुटपाथ व्यापारीले फुटपाथमा निर्धक्क व्यापार गर्न पाउनुपर्ने माग राख्दै मंगलवार काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

फुटपाथ व्यापारीहरूकाे संगठन स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिले प्रदर्शन गरेका हुन् । उनीहरूले कालिमाटीमा भेला भई नाराबाजी तथा र्‍यालीसहित आएका उनीहरूले महानगरपालिकाको कार्यालय अघि मेयर बालेन्द्र शाहविरुद्ध नाराबाजी समेत गरेका छन् ।

उनीहरूले महानगर प्रहरीले लगेको आफ्नो सामान निःशर्त फिर्ता गर्नुपर्ने, आफूहरूले निर्धक्क सडक व्यापार गर्न पाउनुपर्ने जस्ता माग राखेका छन् ।

प्रदर्शनका क्रममा व्यवसायीहरूले आफ्नो मागसहितको ज्ञापन पत्र महानगरलाई बुझाएका छन् । उनीहरूले प्रशासन प्रमुख महेश काफ्लेलाई ज्ञापन पत्र बुझाएका हुन् ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =