एरी नेपालको अध्यक्षमा कंगारू एजुकेशनका प्रमुख महेशबाबु चयन
२०७९ भदौ ६ गते

काठमाडाैँ । एरी नेपाल (द एशाेसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ्स इन नेपाल) च्याप्टरकाे अध्यक्षमा महेशबाबु तिमल्सिना चयन भएका छन् ।
आइतबार सम्पन्न एरी नेपालको चौथो साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चयन भएका तिमल्सिना कंगारू एजुकेशन फाउण्डेसनका प्रमुख हुन्।
अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने विद्यार्थीकाे परामर्श सेवा प्रदान गरिरहेका कन्सल्टेन्सीहरुका सञ्चालकहरू सदस्य रहेको यो संस्था सन् २०१८ जुनमा स्थापना भएको हाे ।
संस्थाले शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि रहेका कानुनी, शैक्षिक, सामाजिकलगायत वातावरणबारे बुझ्ने र सहजीकरण गर्ने काम समेत गर्दै नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले बताए ।

२०७९ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित









