इमरान खानमाथि प्रहरीले अनुसन्धान

काठमाडाैँ । पाकिस्तानको प्रहरीले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । शनिवार एक राजनीतिक मन्तव्य दिएपछि उनी विरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ ।

यी पूर्व शीर्ष नेताका समर्थकहरू उनको घर बाहिर जम्मा भएका छन् र उनी गिरफ्तारीमा परेको खण्डमा आफूहरूले परिस्थिति नियन्त्रणमा लिने बताएपछि देशमा तनाव चुलिएको छ । गत एप्रिलमा सत्ताच्युत भएदेखि खान सरकार र देशको सेनाको मुखर आलोचक बनेका छन् ।

क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानले आफू निकट सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

यद्यपि, ती सहयोगी स्वयं देशद्रोहको आरोपमा हाल हिरासतमा छन् । शनिवार दिएको सार्वजनिक मन्तव्यमा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुर्व्यवहार गरेकोबारे इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गरे । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =