गिरीको निधनबाट राष्ट्रपति दुःखी : भनिन्- ‘सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । आज बिहान ट्विट गरी उनले गिरीको निधनमा दुःख व्यक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले गिरीप्रति श्रद्धाञ्जली अर्पणसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् । क्यान्सरपीडित गिरीको गए राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।
समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।
— Bidya Devi Bhandari (@BidyaDBhandari) August 21, 2022








