एक वर्षमा १३ प्रतिशतले घट्याे विदेशी विनिमय सञ्चिति

काठमाडाैँ । विदेशी मुद्राको सञ्चिति घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव १ प्रतिशतले घटेर २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८ दशमलव नौ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम राष्ट्र बैंकले जनाएको छ।

कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ असार मसान्तमा १५ दशमलव एक प्रतिशतले कमी आई १० खर्ब ५६ अर्ब ३९ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकका संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा ३ दशमलव प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव छ प्रतिशत छ। आर्थिक वर्ष २०७८/०७९ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिना ८ दिनको वस्तु आयात र ६ महिना ९ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 10 =