स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्सबीच सम्झौता
२०७९ भदौ २ गते

काठमाडौँ । आइसीएफस फाइनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटी बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउन व्यवसायिक सम्झौता भएको छ ।
सेवा विविधिकरणको यो नयाँ आयामपछि आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप (आईसीएफसी फाइनान्स स्मार्ट) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्ने जनाएको छ ।
उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।
२०७९ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित









