कमल थापाद्वारा राष्ट्रपतिको निर्णयको स्वागत
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् ।
नेपाली पुरुषसँग विवाह गरेका महिलालाई समयसिमाको बन्देज बिना नै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्नेलगायतको विषयलाई सम्बोधन गर्नुपर्नेलगायत विषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विधेयक संसद्मा फिर्ता गरी दिएकी थिइन् । सो कदमलाई राप्रपा नेपाल अध्यक्ष थापाले स्वागत गरेका हुन् ।
विभेदकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक छ।राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ।
अब संसदले हठ प्रदर्शन नगरोस्।ढिलोगर्ने काम सरकारले गरेको हो।अब यो बिषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ pic.twitter.com/n7tgzGHGaJ— Kamal Thapa (@KTnepal) August 15, 2022