गाडीमा चर्को कर लाएपछि व्यवसायी आन्दोलित, आइतबारदेखि गाडी घरमै थन्क्याउने
२०७९ साउन १८ गते

पोखरा । गण्डकी प्रदेश सरकारले गाडीमा चर्को कर लगाएपछि व्यवसायीहरू आन्दोलित भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी विज्ञप्ति निकालेर सरकारले लगाएको कर वृद्धि फिर्ता लिन माग गरेको छ ।
व्यवसायीले २२ गतेदेखि प्रदेशका सबै गाडीहरू घर र ज्ञारेजमा थन्क्याएर विरोध जनाउने निर्णय गरेको हो ।
‘जनता मूल्यवृद्धिबाट पीडित भइरहँदा सरकारले गैर जिम्मेवार भई कर बढाएर असुल्न लागिपरेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘बाध्य भएर आन्दोलन घोषणा गर्नुपरेको हो ।’
चालू वर्षदेखि सवारी क्षमताअनुसार ४ सयदेखि १० हजार रुपैयाँसम्म कर बढेको छ । सवारी कर साझा विषय भएको भन्दै महासङ्घले निजी र पर्यटक गाडी समेत ननिकाल्न र कर वृद्धिको विरोधमा आन्दोलित हुन आह्वान गरेको छ ।
याे पनिः गाडीपछि जग्गाबाट कमाउन खाेज्दै गण्डकी सरकार : अंशबण्डामै बढ्यो साढे ३ सय प्रतिशत कर
२०७९ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित









