पोखरामा शुक्रबार मेयर सम्मेलन हुँदै, ६ महानगरका मेयर भेला हुने

पोखरा । पोखरामा नेपालका ६ वटै महानगरपालिकाका मेयरहरूको सम्मेलन हुने भएको छ । यसअघि पनि पोखराले मेयर सम्मेलन गरेको थियो ।

पोखरा महानगरको आयोजनामा शुक्रबार र शनिबार मेयर सम्मेलन हुन लागेको हो । सराङकोटस्थित सराङकोट माउन्टेन लजमा सम्मेलन हुने पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।

सम्मेलनमा पोखराका मेयर धनराज आचार्य, काठमाडौंका मेयर बालेन्द्र शाह, ललितपुरका मेयर चिरीबाबु महर्जन, भरतपुरका मेयर रेणु दाहाल, वीरगञ्जका मेयर राजेशमान सिंह र विराटनगरका मेयर नरेश कोइराला उपस्थित हुनेछन् ।

६ वटै महानगरका उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत पनि सम्मेलनमा सहभागी हुने बताइएको छ । ‘मेट्रो मेयर मिट नेपाल’ नाम दिइएको उक्त सम्मेलनमा महानगर सञ्चालनका समस्या र सुधारका बारेमा छलफल हुने बताइएको छ । त्यसबाहेक महानगरहरूको असल अभ्यासको अनुभव आदान प्रदान पनि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 7 =