पोखरामा शुक्रबार मेयर सम्मेलन हुँदै, ६ महानगरका मेयर भेला हुने
२०७९ साउन १० गते

पोखरा । पोखरामा नेपालका ६ वटै महानगरपालिकाका मेयरहरूको सम्मेलन हुने भएको छ । यसअघि पनि पोखराले मेयर सम्मेलन गरेको थियो ।
पोखरा महानगरको आयोजनामा शुक्रबार र शनिबार मेयर सम्मेलन हुन लागेको हो । सराङकोटस्थित सराङकोट माउन्टेन लजमा सम्मेलन हुने पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।
सम्मेलनमा पोखराका मेयर धनराज आचार्य, काठमाडौंका मेयर बालेन्द्र शाह, ललितपुरका मेयर चिरीबाबु महर्जन, भरतपुरका मेयर रेणु दाहाल, वीरगञ्जका मेयर राजेशमान सिंह र विराटनगरका मेयर नरेश कोइराला उपस्थित हुनेछन् ।
६ वटै महानगरका उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत पनि सम्मेलनमा सहभागी हुने बताइएको छ । ‘मेट्रो मेयर मिट नेपाल’ नाम दिइएको उक्त सम्मेलनमा महानगर सञ्चालनका समस्या र सुधारका बारेमा छलफल हुने बताइएको छ । त्यसबाहेक महानगरहरूको असल अभ्यासको अनुभव आदान प्रदान पनि हुनेछ ।
२०७९ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित









