लियो क्लब अफ इन्टरप्रेनर्सको अध्यक्षमा विश्वकर्मा चयन

काठमाडौं । तीस वर्षमुनिका युवा उद्यमीहरूको संस्था लियो क्लब अफ इन्टरप्रेनर्स नेपालको अध्यक्षमा मनोज विश्वकर्मा चयन भएका छन् । क्लबको शनिबार सम्पन्न दोस्रो वार्षिक साधारण सभाले अध्यक्षमा विश्वकर्मालाई चयन गरेको हो । अध्यक्ष विश्वकर्मा लगायत नवनियुक्त कार्यसमितिको कार्यकाल एक वर्ष रहनेछ ।

यस्तै क्लबको उपाध्यक्षमा निरज जोशी, अशोक विश्वकर्मा र कृतिका सोनी चयन भएका छन् । भने सचिवमा उमेशकुमार भट्टराई चयन भएका छन् । भने पत्रकार विष्णु रैगाईं क्लबको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । क्लबले विभिन्न समाजसेवाका कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ  ।

कार्यक्रममा क्लबका सिनियर  प्रेजिडेण्ट एड्भाइजर लायन सुदीप कोइराला, लायन अनिश श्रेष्ठ, क्लबका पूर्व अध्यक्षद्वय बिष्णु विश्वकर्मा र सिकेन्द्रप्रसाद गुप्ताको समेत उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरूले क्लब र नव निर्वाचित कार्यसमितिको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =