बीपीको सालिकमा माल्यार्पण गरी मनाइयो ४० औँ बीपी स्मृति दिवस (तस्वीरसहित)

काठमाडाैँ । सुन्दरीजल बन्दीगृह (हालको बीपी सङ्ग्रहालय) मा ४० औँ बीपी स्मृति दिवस मनाइएको छ । सङ्ग्रहालय परिसरमा रहेको बीपी कोइरालाको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा बीपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसाल, वडा नम्बर ५ र ९ का वडा अध्यक्ष नारायण सुवेदी र राजीव थापा लगायत स्थानीय नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा बीपीको भूमिका बारे अन्तरक्रियासमेत गरिएको थियो ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *