उपत्यकामा चल्ने गाडीमा जिपीएस जाेड्दै काठमाडाैँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनमा जीपीएस जडान गर्ने तयारी थालेकाे छ ।
मंगलवार महानगरका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईलाई भेटी याेजनाबारे छलफल गरेका हुन् ।
मन्त्रीसँगकाे भेटमा मेयर शाहले आफ्नो योजनामा सहयाेग गर्न आग्रह गरेका थिए ।
‘उपत्यकाका सार्वजनिक सवारी साधनमा जीपीएस जडान गर्ने, ट्रयाकर राइडर गर्ने, अथवा सुरक्षित गन्तव्यमा पुग्ने मेकानिजम बनाउने कुरामा उहाँहरूको चासो छ,’ मन्त्री राईले भने, ‘त्यसमा प्राविधिक सहयोग हामीले गर्छौं ।’
मेयर शाहले व्यापारिक कम्पलेक्सका अण्डरग्राउण्ड पार्किङका भनेर लिने र अर्कै प्रयोगजनमा प्रयोग भइरहेकाले त्यसलाई हटाउन ३५ दिने सूचना जारी गरिएको मन्त्री राईलाई जानकारी गराउँदै मन्त्रालयबाट पनि हटाउनका लागि सहयोग गरिदिन आग्रह गरेका थिए ।








