नेपाल आज स्कटल्याण्डको सामना गर्दै

काठमाडाैँ । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ । सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ ।

स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।

यस अघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *