नामिबियासँग नेपालको लज्जास्पद हार

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियाले दिएको २०० रनको लक्ष्य पछाएको नेपाल३७.५ ओभरमा अल आउट हुदै १३६ रन मात्र बनाएपछि खेल ६३ रनले हारेको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३८ रन बनाए भने आसिफ सेखले ३४ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ०, देव खनालले १, रोहित पौडेलले १७, आरिफ सेखले ४, आदील अन्सारीले २०, पवन सराफले ४, सोमपाल कामीले १, बसिर अहमदले ० र कप्तान सन्दीप लामिछानेले ० रन बनाएका थिए । नामिबियाका स्कुल्जले सर्बाधिक ५ विकेट लिए भने जान फ्राईलिंकले ३ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नामिबियाले ४९.२ ओभरमा अलआउट हुदै १९९ रन बनाएको थियो । नामिबियाका लागि कप्तान गेरहार्ड इरासमसले सर्बाधिक ५३ रन बनाए भने डेभिड विजले ३४ रन बनाएका थिए । त्यस्तै डिभान ला कोक र जेजे स्मिटले २७-२७ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर कप्तान सन्दीप लामिछानेले सर्बाधिक ४ विकेट लिएका थिए । सन्दीपले १० ओभरमा २ मेडनसहित २९ रन दिएर ४ विकेट लिएका हुन् । दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २-२ विकेट लिए भने बसिर अहमदले एक विकेट लिए ।
यो जितपछि तालिकामा १८ खेल खेलेर १८ अंक जोडेको नामिबिया पाँचै स्थानमा उक्लिएको छ भने नेपाल १९ खेलमा १७ अंकसहित छैटौं स्थानमा झरेको छ ।








