एकैदिन थप २६० जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २७ पिसिआर परीक्षणका क्रममा २ सय १४ जना र १ हजार ८ सय १७ एन्टीजेन परीक्षणका क्रममा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ८ सय ५८ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार १ सय ७१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =