एमाले अर्थ विभाग प्रमुख भुसालकाे स्पष्टीकरण : गभर्नर हाम्राे विभागमा छैनन्

काठमाडौँ । नेकपा ९एमाले०को अर्थ तथा योजना विभाग प्रमुख घनश्याम भुसालले विभागमा सार्वजनिक पदमा रहेको व्यक्ति रहने वैधानिक व्यवस्था नरहेको बताएका छन् ।
एमालेको उक्त विभागमा बहालवाला गभर्नर सदस्य रहेको भन्ने समाचार सञ्चारमाध्यमहरूमा आएपछि प्रमुख भुसालले पार्टीका कमिटी र विभागमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था नरहेको बताएका हुन् ।
त्यस्तै, गभर्नरले नै आफू कुनै पार्टी राजनीतिमा संलग्न नरहेको र उक्त व्यक्ति आफू नभएको स्पष्ट पारेको समेत उनको भनाइ छ ।
उनले भने, ‘म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नता बारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ ।
प्रथमतस्, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको’ स्पष्ट पारिसक्नुभएको छ। दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु ।’








