संसद्‌मा उठ्यो एम अधिकारीमाथि छानबिनको माग

काठमाडौँ । संसदमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिनको माग उठेको छ । आज प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेका हुन् ।

माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी छिन् ।  यो राष्ट्र बैंकको ऐन विपरित भएको भन्दै उनले भनिन्, ‘राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माग गर्छु ।’

नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ ।

कांग्रेसका सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताए । ‘गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ, ‘उनले भने, ‘सरकारलाई सहयोग पनि भएन । यो बन्द गरिएन भने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने हुन्छ । गभर्नरलाई यस्तो नबोल्न रुलिङ गर्नुपर्छ । भूकम्प गएको बेला भूकम्प आयो भन्ने सर्वसाधारणलाई थुनिन्थ्यो । आज जिम्मेवार निकायमा बस्नेले आतंकित बनाइरहेका छन् । किन कारबाही नगर्ने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =