भारतले इंग्ल्यान्डलाई १० विकेटले हरायो

काठमाडौँ । भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा भारतले इङल्याण्डलाई १० विकेटले पराजित गरेको हो । इङल्याण्डले दिएको १११ रनको लक्ष्य पछाएको भारतले १८.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको हो ।

भारतका लागि कप्तान रोहित शर्माले अविजित ७६ रन बनाए भने शिखर धवनले अविजित ३१ रन बनाए । यसअघि इङल्याण्डले २५.२ ओभरमा ११० रन बनाएर अलआउट भएको थियो । टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्ड भारतको कसिलो बलिङका अगाडी धारासायी भएको थियो ।

इङल्याण्डको ब्याटिंग लाइनअप भारतका बलर जसप्रित बुमराहले ध्वस्त बनाएका थिए । बुमराहले ७.२ ओभरमा १९ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै मोहमद सामीले ३ विकेट लिए भने प्रसिद् कृष्णले एक विकेट लिएका थिए ।

इङल्याण्डका लागि कप्तान जोस बटलरले ३० रन बनाए भने डेभिड विलीले २१, ब्राइडोन कार्सले १५ र मोइन अलीले १४ रन बनाए । इङल्याण्डका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । इङल्याण्ड भारतविरुद्ध खेलेको अहिलेसम्मको एकदिवसीय खेलमा सबैभन्दा कम रनमा अल आउट भएको छ । यो जितपछि भारत ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल विहिबार हुदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =