काठमाडौँमा युवकमाथि छुरा प्रहार, आरोपित पक्राउ

काठमाडौँ । जिल्लाकाे कागेश्वरी मनोहरा नगरपालिका–५ मा युवकमाथि छुरा प्रहार गरेकाे आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी नगरपालिका–४ का २७ वर्षीय दिपेश शाक्य रहेकाे प्रहरीले जनाएकाे छ ।

उनले असार २५ गते थलीमा सिन्धुपाल्चोकको साँगाचोकगढीका २५ वर्षीय राजन श्रेष्ठको पेटमा छुरा प्रहार गरेकाे प्रहरीकाे भनाइ छ ।

उनकाे साथबाट छुरासमेत बरामद भएकाे छ । शाक्यविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =