नेपाल नामिबियासँग पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल नामिबियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको हो ।

नामिबियाले दिएको २२१ रनको लक्ष्य पछाएको नेपालले ४६.५ ओभरमा १८० रन मात्र बनाए पछि खेल हारेको हो । नेपालका लागि आरिफ सेखले सर्बाधिक ५० रन बनाए भने देव खनालले ३४, कुशल भुर्तेलले २७, करण केसीले १९, आसिफ सेखले १४ रन बनाए । त्यस्तै रोहित पौडेल ०, दिपेन्द्र सिंह ऐरी ४ रनमा आउट भएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नामिबियाले ४७.३ ओभरमा अल आउट हुदै २२० रन बनाएको थियो । नामिबियाका लागि जान निकोलले सर्बाधिक ६० रन बनाए भने डिभान ला कोकले ४१ रन बनाए । त्यस्तै कप्तान गेरहार्ड एरासमसले २२, क्रेग विलियम्सले २१ रन बनाए ।

नेपाली बलर सन्दीप लामिछानेले सर्बाधिक ४ विकेट लिएका छन् । सन्दीपले १० ओभरमा ५४ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै सोमपाल कामीले २ विकेट लिए भने करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

यो जितपछि नामिबियाको १६ खेलमा १६ अंक भएको छ र पाँचौ स्थानमा उक्लिएको छ । त्यस्तै नेपालको भने १७ खेलमा १५ अंक भएको छ र छैटौं स्थानमा झरेको छ । अब नेपालले स्कटल्याण्डसँग बुधबार खेल्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =