नामिबियासँग खेल्दै नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नामिबियाको सामना गर्दै छ । स्कटल्याण्डको काम्बस्डून न्यु ग्राउण्डमा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

नेपाल बलियो टोली नामिबियालाई हराउँदै सानदार सुरुवात गर्न चाहन्छ । यसअघि आइतबार भएको खेलमा नामिबिया स्कटल्याण्डसँग ७७ रनले पराजित भएको थियो ।

सात टोली सम्मिलित लिगको शीर्ष तीनमा पर्ने टोलीले सोझै विश्वकप छनोटको ग्लोबल क्वालिफायर्स खेल्न पाउनेछन् । नेपाल लिगमा १६ खेलबाट १५ अंक जोड्दै पाँचौं स्थानमा छ भने एक खेल कम खेलेको नामिबियाले १४ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =