टीटीडीसी निर्वाचन : भविश्वर शर्माको प्यानल घोषणा (सूचीसहित)

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)को निर्वाचनको लागि भविश्वर शर्मा समूहले प्यानल घोषणा गरेको छ । आइतबार शर्मा समूहले १५ सदस्यीय कार्यसमितिका लागि प्यानल घोषणा गरेको हो ।
अध्यक्षमा शर्मा छन् भने उपाध्यक्ष सहदेव धमला, सुरेन्द्र श्रेष्ठ र प्रश्रय राजभण्डारी छने यसैगरी महासचिवमा बद्री तिमिल्सिना रहँदा सचिव स्वजेश मान मालाकार र कोषाध्यक्षमा उज्जल थपलिया छन् ।
यसैगरी सदस्यहरुमा चेतनाथ पुडासैनी, कोपिला सिंखडा (तिवारी), रोशन अधिकारी, लालबाबु चौधरी, पूर्णिमा मालाकार, अमृत थोकर, इन्दिरा कुमारी चौलागाई (गौतम) र तेन्जिङ लामा छन् ।
यसअघि शनिबार शर्मा प्यानलको प्रचारप्रसार समिति संयोजकमा व्यवसायी अर्जुनलाल प्रधान चयन गरिएको थियो। सत्ता गठबन्धन निकट पर्यटन व्यवसायीको सर्वपक्षीय बैठकले प्रधानलाई प्रचारप्रसार समिति प्रमुख चयन गर्ने निर्णय गरेको हो । व्यवसायी प्रधान अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्याशी थिए ।
परिषद्को निर्वाचन आगामी असार ३२ गते हुन गइरहेको छ । जसमा शर्मा स्वतन्त्र उम्मेदवार भएपनि गठबन्धनको साथ छ । हाल ठमेल क्षेत्रमा परिषद्को आसन्न निर्वाचनलाई तरंग सिर्जना भएको छ । उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त देखिन्छन् ।
असार २९ गते मात्रै उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । परिषद्को अध्यक्षमा नेकपा एमालेका तर्फबाट ध्रुव अधिकारीले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् ।








