काठमाडौँको लामटिङ्ग मार्गमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडाैँ । जिल्लाकाे लामटिङ्ग मार्गमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । काठमाडौँ महानगरपलिका वडा नं ५ स्थित आशिर्वाद बोर्डिङ स्कुलको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन भएको हाे ।

निःशुल्क स्वास्थ्य शिविरबाट ७९३ जनाले लाभ लिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले बताए ।

त्यस्तै, शिविरमा १८२ जनाको इसीजी, २१६ जनाको ल्याव, १७८ जनाको यूएसजी, ४२ जनाको दात खोलेको र ३७ जनालाई ओटी रेफर गरिएको दाहालले जानकारी दिए ।

केएमसीले पछिल्लो समय निरन्तर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । सबैको पहुँचमा स्वास्थ्य सेवा पुगोस् भनेर निःशुल्क स्वास्थ्य शिविरलाई प्राथमिकता दिइएको केएमसीका निर्देशक सुनिल शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =