भरतपुर अस्पतालको भर्याङमुनि नवजात शिशु फेला
२०७९ असार २३ गते

चितवन । चितवनको भरतपुर अस्पतालको भर्याङमुनि शिशु (छोरी) फेला परेकी छन् ।
अस्पतालको सी ब्लकको भर्याङमुनि दुई दिनको शिशु आज दिउँसो ३ बजेतिर फेला परेकी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शिशुको अवस्था खतरामुक्त रहेको छ । अस्पतालका अनुसार बेवारिसे अवस्थामा फेला परेकी शिशुको एनआईसियुमा राखेर उपचार भइरहेको छ ।
शिशुका आफन्तहरू फेला परेका छैनन् । शिशु कसले छोडेको हो भन्ने विषयमा प्रहरी अनुसन्धान गरिरहेको छ ।
२०७९ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








