भरतपुर अस्पतालको भर्‍याङमुनि नवजात शिशु फेला

चितवन । चितवनको भरतपुर अस्पतालको भर्‍याङमुनि शिशु (छोरी) फेला परेकी छन् ।

अस्पतालको सी ब्लकको भर्‍याङमुनि दुई दिनको शिशु आज दिउँसो ३ बजेतिर फेला परेकी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शिशुको अवस्था खतरामुक्त रहेको छ । अस्पतालका अनुसार बेवारिसे अवस्थामा फेला परेकी शिशुको एनआईसियुमा राखेर उपचार भइरहेको छ ।

शिशुका आफन्तहरू फेला परेका छैनन् । शिशु कसले छोडेको हो भन्ने विषयमा प्रहरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =