राजावादीहरूले मनाए पूर्व राजाको जन्मोत्सव

काठमाडौँ । विभिन्न राजावादी संघ संगठनहरू नेपालका लागि नेपाली पार्टी, शाही युवा शक्ति नेपाल, स्वतन्त्र राष्ट्रवादीहरू र नेपालमा राजसंस्था चाहने स्वतन्त्र अभियन्ताहरूले पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाएका छन् ।

उनीहरूले पूर्व राजा शाहको ७६ औँ जन्मोत्सवको उपलक्ष्यमा बिहीबार काठमाडौँमा शुभकामना र्‍याली सहित प्रदर्शन समेत गरेका हुन् ।

भृकुटीमण्डपमा जम्मा भई शुरू भएको र्‍याली नारायणहिटी पुगेको थियो । र्‍यालीमा सहभागीहरूले राजाको पक्षमा नाराबाजी समेत गरेका थिए ।

पूर्व राजा ज्ञानेन्द्र शाह भने हाल आफ्नो निजी भ्रमणको सिलसिलामा थाइल्यान्डमा रहेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =