अवैध ढुंगा गिट्टी उत्खनन गर्ने एक दर्जन सवारी प्रहरी नियन्त्रणमा

विराटनगर । अवैध रूपमा खोला दोहन गर्नमा संलग्न रहेका सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न मिति र समयमा खोला अतिक्रमणमा संलग्न रहेका करिब १ दर्जन सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

केराबारी गाउँपालिका वडा नं–८ स्थित खदम खोला, वडा नं ७ को मुगु खोला, सुन्दरहरैचा नगरपालिका वडा नं ५ मा रहेको बुढी खोला र बेलबारी नगरपालिका वडा नं २ मा रहेको लोहन्द्रा खोलामा नदीजन्य पदार्थ गिटीबालुवा अवैध रूपमा उत्खनन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार बुढीगंगा गाउँपालिका वडा नम्बर ३बाट को १ ख ५८६२ नम्बरको टिपर नियन्त्रणमा लिएको छ ।

त्यस्तै केराबारी गाउँपालिका १०बाट को१ख१४९१ नम्बरको जेसिबी, सुनसरीको खनार नजिकैको बुढीखोलाबाट को१ख ७२५१ नम्बरको टिपर, ना८ख४२६७ नम्बरको टिपर र चालकलाई पनि नियन्त्रणमा लिएको छ ।

सुन्दर हरैँचा १० मा प्र १–०२–००१ख९३८७ नम्बरको टिपर, सुन्दर हरैँचाबाट अरू थुप्रै ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका सवारी साधनलाई चालक सहित आवश्यक कारबाहीको लागि नगरपालिका र सम्बन्धित पालिकाका बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =