गाउँमा डाक्टर र नर्स जान मान्दैनन् : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौँ । स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले गाउँ क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या भएको बताएका छन् ।

नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री खापुङले विभिन्न जिल्लाबाट डाक्टर र नर्स पठाउनुपर्ने भन्दै गुनासो आएको तर कोही जान तयार नरहेको बताएका छन् ।

डाक्टर र नर्स जान नमानेका कारण नै केही जिल्लामा चिकित्सकको अभाव भएको उनको भनाई छ । उनले सरकारले पठाएको जुनसुकै स्थानमा पनि जानका लागि चिकित्सकहरूले मानसिकता बनाउनुपर्ने धारणा राखे ।

मन्त्री खापुङले समायोजनका विषयमा पनि कर्मचारीहरूबाट अनेक समस्या आएको उल्लेख गरे । कार्यक्रममा संघले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =