रंगेली स्कुल बस दुर्घटना: ८ लाख ५० हजार क्षतिपूर्तिपछि शव उठ्यो

विराटनगर । मोरङको रंगेलीमा स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्युको विषय क्षतिपूर्ति दिएपछि सहमति भएको छ ।

रंगेली नगरपालिका-७ मा रहेको माउन्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलको को १ क ११३० नं को बसको ठक्करबाट विद्यालयमा अध्यनरत एक विद्यार्थीको मृत्यु भएको थियो भने एकजना घाइते भएका छन् । बसको ठक्करबाट सोही विद्यालयमा अध्ययनरत ५ वर्षका रिपिक मण्डलको मृत्यु भएको थियोे ।

बुधबार पिडित पक्ष र नगर प्रमुख, वडा अध्यक्षसहितको छलफलबाट मृतक परिवारका दुई बालबालिकाहरूलाई रंगेली नगरपालिकाभित्रका जुनसुकै विद्यालयमा उच्च शिक्षासम्म निःशुल्क पठनपाठन गराउने सहमति भएको छ ।

मृतकका परिवारलाई ८ लाख ५० हजार रुपैयाँ राहत दिने सहमति भएपछि मृतकको शव परिवारले बुझेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । मंगलबार भएको घटनामा आक्रोशित समूहले को १ क २९१२ नं को स्कुल बस र प्रिन्सिपल चढ्ने को १ च ६९८१ नं को टाटासुमो र अर्को बसमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

साथै, गम्भीर घाइते भएकी ५ वर्षीया सोनम कुमारी मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =