तीन मुख्यमन्त्री व्यहोरेका प्रमुख सचिव घिमिरेको सरुवा

विराटनगर । प्रदेश नं. १ सरकारको तीन मुख्यमन्त्री व्यहोरेर प्रमुख सचिव डा. रामप्रसाद घिमिरे संघीय सरकारमै फर्किएका छन् ।

मुख्यमन्त्री शेरधन राई हुँदा प्रदेश १ मा सरुवा भएर आएका प्रमुुख सचिव घिमिरेले आफ्नो कार्यकालको ३ मुख्यमन्त्री व्यहोर्दै आज प्रदेश नंं. १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले बिदाइ गरे । आउँदा शेरधन राईले स्वागत गरेका थिए भने बिदाइ राजेन्द्र राईले गरेका छन् । बीचमा मुख्यमन्त्रीका रूपमा भिमप्रसाद आचार्यलाई पनि उनले व्यहोरे ।

बिदाइकोे क्रममा मुख्यमन्त्री राईले सचिव घिमिरेसँग छोटो समय मात्रै सहकार्य गर्न पाएको उल्लेख गरे । छोटो समयको सहकार्य भए पनि राम्रो छाप छोडेको अनुभव मुख्यमन्त्री राईले सुनाए । मुख्यमन्त्री राईले सचिव घिमिरेमा भद्रता, शालीनताजस्ता केही लोभलाग्दा गुण आफूले पाएको उल्लेख गरे ।

यस्तै, बिदाइ भएका सचिव घिमिरेले प्रदेश नं. १ मा कार्यरत रहँदा आफूले सबै क्षेत्रबाट सहयोग पाएको बताए । उनले निजामती प्रशासन सधैँ सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उल्लेख गरे । सचिव घिमिरे प्रदेश नं. १ बाट सरुवा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =