राष्ट्रले मदन भण्डारीका गुण बिर्सन नहुने प्रदीप ज्ञवालीकाे भनाइ

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रले मदन भण्डारीका चार वटा गुणहरूलाई कहिल्यै बिर्सन नहुने बताएका छन् ।

मदन भण्डारीको ७१ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले बुधवार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय गीति एल्बम देश र शार्दूल अंक ५ को विमोचन गर्दै ज्ञवालीले नेपालको वामपन्थी आन्दोलनलाई नयाँ दिशा दिएको लगायतका चार गुणलाई राज्यले बिर्सन नहुने बताए ।

त्यस्तै, उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मदन भण्डारीले खेलेको भूमिका समेत महत्त्वपूर्ण रहेको तर्क गरे । ज्ञवालीले देशभक्तिको आन्दोलनमा मदन भण्डारीको योगदान कसैले भुल्न नहुने बताए ।

नेपालको विशेषता, नेपाली समाजको विशेषताको आधारमा विचारको निर्माणमा मदन भण्डारीको योगदान सदैव स्मरणीय रहेको उनको भनाई छ । ज्ञवालीले नेपालको माटो सुहाउँदो विचार निर्माणको पक्षमा भण्डारी सदैव अग्रसर गरेको स्मरण गरे ।

उनले देशप्रति गर्व गर्न सक्ने वातावरण बनाउन सबैले योगदान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =