काठमाडौँको जोरपाटीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडाैँ । सिनामंगलमा रहेकाे केएमसी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

मदन भण्डारी मेमोरियल स्कुलको आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित स्कुलकै प्राङ्गणमा शिविर सम्पन्न भएको हो । स्वास्थ्य शिविरबाट ९५३ जनाले निःशुल्क सेवा लिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा १०९ जनाको इसिजी, २२३ जनाको ल्याब, १८७ जनाको यूएसजी, ३३ जनाको दात खोलेको र ४३ जनालाई ओटी रेफर गरिएको दाहालले बताए । पछिल्लो समय केएमसीले सबैको पहुँचमा स्वास्थ्य सेवा भन्ने कुरालाई मनन गर्दै निःशुल्क स्वास्थ्य शिविरलाई प्राथमिकता दिएको केएमसीका निर्देशक सुनिल शर्माले बताए ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =