देशकाे नेतृत्व गरेर सबै विकृति परास्त गर्दै समृद्धि ल्याउन मन छ : प्रचण्ड (भिडिओसहित)

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा [माओवादी केन्द्र] का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नाे बाँकी जीवन देशकाे विकासका निम्ति खर्च गर्ने बताएका छन् । ‘पहिलाे पटक प्रधानमन्त्री हुँदा त झिलिमिलीमा नै गयाे । सपना हाे कि विपना हाे कि भन्दाभन्दा ९ महिना भयाे,’ उनले भने, ‘तर दाेस्राे पटक प्रधानमन्त्री बन्दा त मैले साँच्चै नै गर्ने भनेर धेरै काेसिस गरेँ । धेरै हदसम्म कामहरू पनि गरेँ । तर भनेझैँ नैचाहिँ गर्न सकिएन । अब भने बाँकी जीवन देशकै विकास र समृद्धिका लागि खर्च गर्ने हाे ।’

उनले याेबीचमा देशलाई स्थायीत्व, विकास र समृद्धि दिनेगरी वाम एकता गरेकाे भएपनि त्याे असफल भएकाे सुनाउँदै भने, ‘तर त्याे विभिन्न कारणहरूले भएन । त्याे गर्न सकिएन । अब फेरि पनि यही दिशामा जानका लागि प्रयासरत छु ।’  उनले आफूलाई पुन: देशकाे नेतृत्व लिएर सबै विकृतिहरूलाई परास्त गर्दै जान मन भएकाे सुनाए । ‘मेराे मनमा छ पुन: देशकाे विकास लिएर तमाम विकृति विसङ्गतिलाई परास्त गर्दै देशकाे विकास र समृद्धिसम्म पुगाैँ भनेर । मेराे मनमा त छ,’ उनले भनेका छन् ।

उनले आफ्नै नेतृत्वमा हजाराैंले देशकाे समृद्धिका लागि बलिदानी गरेकाे स्मरण गर्दै भनेका छन्, ‘अब देशकाे नेतृत्व गर्ने माैका पाउने हाे भने हिजाेका आहुति दिनेहरूकाे सपना पूरा गर्ने मन छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =