नागरिकता विधेयक अघि बढाउन सत्तारूढ दलकाे गठबन्धन बैठकमा छलफल

काठमाडौँ । संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक अघि बढाउन सत्ता गठबन्धन दलको बैठकमा छलफल भएको छ ।
गठबन्धनको प्रमुख दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा उक्त प्रस्ताव लगेको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
कार्कीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकले नागरिकता विधेयक अघि बढाउने र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको थियो ।
छलफल टुंगोमा पुगिनसकेको भए पनि उक्त विधेयक चाँडै संसदमा पेश गर्नेबारे सहमति भएको छ ।
उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले राजनीतिक अधिकार नपाउने गरी आवसीय अवधिकार दिने र ७ वर्षपछि नागरिकता दिने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा निकै ठूलो आलोचना हुँदै आएको छ । यस्तो प्रस्तावले देशको सार्वभौमिकता नै खतरामा पर्ने भन्दै विरोध हुँदै आएको छ ।









