मन्त्री झाँक्रीले बिहानै गरिन् बागमती कोरिडोर निरीक्षण
२०७९ असार ८ गते

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बागमती कोरिडोर अन्तर्गत गोकर्ण क्षेत्रमा निरीक्षण गरेकी छन् ।
बुधवार बिहान साढे ६ बजे नै निरीक्षणमा पुगेकी मन्त्री झाँक्रीले आयोजनाको काम द्रुत गतिमा अघि बढाउन निर्देशनसमेत दिइन् । आयोजनाको काम सन्तोषजनक नदेखिएको बताउँदै मन्त्री झाँक्रीले आयोजनाको काम समयमै सक्न निर्देशन दिएकी हुन् ।
आयोजना अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले अघि बढाइरहेको छ । बागमती नदी सौन्दर्यीकरणमा मन्त्री झाँक्रीले यसअघि दिनुभएको निर्देशानुसार नै काम भइरहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले बताएको छ ।
२०७९ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








