प्रदेश १ : एमाले संसदीय दलको उपनेतामा अधिकारी र सचेतकमा कार्की नियुक्त
२०७९ असार ७ गते

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलले दलको उपनेता र सचेतक नियुक्त गरेको छ ।
नेकपा एमाले संसदीय दलको असार ७ गतेको निर्णय अनुसार प्रदेश सभामा नेकपा एमाले संसदीय दलको उपनेतामा यशोदा अधिकारीलाई नियुक्त गरेको छ भने सचेतकमा विमल कार्कीलाई नियुक्त गरेको हो । उपनेता र सचेतकको पद रिक्त रहेको थियो ।
नेकपा हुँदा देखि नै विभिन्न कारण देखाएर रिक्त रहेको पदमा नियुक्त गरेको एमाले संसदीय दलले जनाएको छ ।
नेकपा एमाले संसदीय दलका नेता भिमप्रसाद आचार्यले उपनेतामा अधिकारी र सचेतकमा बिमल कार्कीलाई नियुक्त गरेको जानकारी सहितको पत्र सभामुखलाई पठाईएको संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
२०७९ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित









