स्वदेशी उत्पादनले माग धान्न नसकेपछि प्याड आयातमा कर छुट दियाैँ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले विभिन्न वस्तुहरूलाई आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यवृद्धि समेत भएकाले स्वदेशी वस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

त्यस्तै, धानमा आत्मनिर्भर हुनका लागि पनि सरकारले अध्ययन गरिरहेको उनको भनाई छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक बर्षको बजेटमा अनावश्यक रूपमा करको दायरा हेरफेर नगरिएको समेत बताए ।

त्यस्तै, उनले स्वदेशी सेनेटरी प्याडको उत्पादनले समेत माग धान्न नसकेका कारण बाहिरबाट आउने सेनेटरी प्याडमाीको जिकिर गरे । उनले स्वदेशी उद्योगलाई ध्वस्त पार्ने सरकारको कुनै योजना नरहेको भन्दै उद्योगी मैत्री बजेट आएको बताए ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले बन्द भएका उद्योगहरूलाई सञ्चालनका लागि निजी क्षेत्रको सहयोग लिइने धारणा राखे ।

त्यस्तै, मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गरे । पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइएको र त्यो भन्दा बढी घटाउन नसक्ने उनले स्पष्ट पारे ।

उनले पेट्रोलियम पदार्थ खरिद भन्दा बिक्री मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको बताए । जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यवृद्धि गर्न नदिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =