भरतपुर महानगरको प्रज्ञा प्रतिष्ठानले पायो पूर्णता

चितवन । भरतपुर प्रज्ञा प्रतिष्ठानको कार्य समितिले पूर्णता पाएको छ । भरतपुर महानगर सभाहलमा प्रतिष्ठानको पहिलो बैठकमा थप ६ जना सदस्यले शपथ लिएसँगै समितिले पूर्णता पाएको हो ।

गत चैत्र १५ गते स्थापना भएको संस्था ३१ सदस्यीय समितिले पहिलो बैठकसँगै पूर्णता पाएको छ । उपप्रमुख चित्रसेन अधिकारी, ३ जना कार्यपालिका सदस्यसहित ६ जनाले शपथ लिएका छन् । प्रतिष्ठानका कुलपति तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ६ जनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् । स्थानीय तहको निर्वाचनले गर्दा प्रतिष्ठानले कुनै पनि गतिविधि सञ्चालन गरेको थिएन ।

भरतपुरको संस्कृति, साहित्य सभ्यताको संरक्षण, जगेर्ना, उत्थान गर्न प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठानमा कला, साहित्य, संस्कृति लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु प्रतिनिधित्व रहेको छ ।शपथ ग्रहण गराएसँगै महानगर प्रमुख रेनु दाहालले प्रतिष्ठानले भरतपुर तथा समग्र राष्ट्रको बौद्धिक विकासमा महत्त्वपूर्ण योगदान रहने उल्लेख गरिन् ।

प्रमुख दाहालले प्रतिष्ठानको विकास एवम् सम्बन्धन गर्ने विषय महानगरको आगामी नीति तथा कार्यक्रममा समावेश गरिने बताइन् । प्रतिष्ठानले पहिलो बैठकमा १९ बुँदे प्रस्तावित कार्यक्रमहरू बारेमा छलफल गरिएको थियो ।

छलफलका क्रममा लोपोन्मुख भाषा, संस्कृतिको संरक्षण, स्थानीय कलाको संरक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृतिहरूको अनुवाद, महानगर पुस्तकालयलाई व्यवस्थित गर्ने लगायतका विषयहरूमा छलफल गरिएको थियो ।

छलफलपछि प्रतिष्ठानले जर्ननल, अनुसन्धान, पठन संस्कृतिको विकास, शब्दकोश, अन्तर्राष्ट्रिय कृतिको अनुवाद तथा भरतपुरको प्राज्ञिक गरिमालाई उच्च पार्ने गरी विभिन्न कार्यक्रमहरू अगाडि बढाउने निष्कर्ष निकालेको प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीले जानकारी दिए । प्रतिष्ठानले आगामी नगरसभाका लागि प्रतिष्ठानको तर्फबाट नीति तथा कार्यक्रममा प्रतिष्ठानको विकासको लागि प्राथमिकतामा राख्न माग समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =