मोटरसाइकल चोरी गर्नेको कोठाबाट पेस्तोल बरामद

विराटनगर । मोटरसाइकल चोरीमा संलग्न व्यक्तिबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पेस्तोल बरामद गरेको हो ।

मोटरसाइकल चोरी अनुसन्धानको क्रममा पक्राउ परेका मोरङको बुढिगंगा गाउँपालिका-६ बस्ने वर्ष ३२ को विनोद चौधरीको डेराबाट चाइनिज पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ। सुनसरीको दुहबी नगरपालिका-३मा डेरामा प्रहरीले खानतलासीको क्रममा चाइनिज पेस्तोल थान-१, त्यसमा लाग्ने म्याग्जिन र एक राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

मोटरसाइकल चोरीका घटना बढ्दै गएको अवस्थामा प्रहरीले अनुसन्धानको लागि ती व्यक्तिलाई पक्राउ गरेको थियो । विगत १ महिनाको अवधिमा मोटरसाइकल चोरीमा संलग्न १६ जना व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यो बिचमा २१ थान मोटरसाइकल समेत पक्राउ गरी थप अनुसन्धान भई रहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =