पहिरोले घरै बगाउँदा सासु-बुहारीको मृत्यु (अपडेट)

काठमाडाैँ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा पहिरोले पुररेर सासु-बुहारीको मृत्यु भएकाे छ । गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएकाे हाे ।

सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार लिम्बुका अनुसार पहिरोमा परेर हराइरहेका उनीहरुको पुहिरिएकै अवस्थामा शव भेटिएको हो । अधिकारीको घरमाथि सडक खनिएको थियो । सोहि सडकसँगै गएको पहिरोले घरमतान बगाएको छ ।

यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । विष्णु अधिकारी गम्भीर घाइते भएका छन् । उनलाई हेलिकप्टरबाट उद्धारको तयारी भइरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । ‘भाग्ने क्रममा उनको आँखा, छाती र टाउकोमा गम्भीर चोट लागेको खबर आएको छ । उनलाई उपचारका लागि स्थलमार्गबाट अस्पतालसम्म पुर्‍याउन बाढी पहिरोका कारण समस्या छ ।’

अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पहिरोले अधिकारीका दुई वटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपाया समेत पुरेको अनुमान गरिएको छ । यस्तै पहिरोले वडा नम्बर-६ का केही घरमा पनि नोक्सानी भएको छ । पहिरोका कारण यी दुई वडाका १०/१५ परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =