प्रेम सुवालले संसदमा भने– सभामुख महोदय, प्रधानमन्त्री खै ?

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदमा उठेको प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं संसदमा उपस्थित हुनुपर्ने माग गरेका छन् । प्रधानमन्त्रीले जवाफ दिनुपर्ने प्रश्नको जवाफ दिन प्रधानमन्त्रीले गृहमन्त्री बालकृष्ण खाँडलाई निर्देशन दिएकोले जवाफ दिन सभामुखले गृहमन्त्री खाँडलाई समय दिएपछि सांसद सुवालले यस्तो माग गरेका हुन् ।

‘स्वास्थ्य अवस्थामा समस्या भएको वा विदेश भ्रमण गएको बेला मात्रै प्रधानमन्त्रीले तोकेको मन्त्रीले उहाँको तर्फबाट जवाफ दिन मिल्छ,’ सांसद सुवालले भने, ‘प्रधानमन्त्री संसदमा किन आउनु भएन । उहाँ विरामी भएर कुनै अवस्पतामा भर्ना हुनुहुन्छ कि वा विदेश जानु भएको हो संसदलाई जानकारी हुनुपर्छ ।’

सभामुख अग्नी सापकोटाले प्रधानमन्त्रीले कार्य व्यवस्तताका कारण संसदमा उपस्थित हुन नसकेको बताएपछि प्रधानमन्त्रीकोतर्फबाट संसदमा गृहमन्त्री बालकृष्ण खाँडले जवाफ दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =