तनहुँमा भारी वर्षाका कारण बाढी, पुल भत्किँदा यातायात सेवा अवरुद्ध

काठमाडौँ । तनहुँको चुँदीखोलामा बाढी आउँदा भानु नगरपालिका- २ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ ।

बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो। बाढीले पुलमा क्षति पुर्‍याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीय राजेश कार्कीले बताए । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका ५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुल मर्मतका लागि मेयर आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ ।

जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पुर्‍याएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *